Monday, June 16, 2014

अपराध कबुल

निजी इन्धन–साधन प्रयोग गर्नु नपरोस् भन्ने मेरो ठूलै संकल्प थियो । यस विषयमा निकै दृढ थिएँ । आफ्नै मोटरसाइकल वा गाडी होस् भन्ने चाहना त किन नहुनु नि । कहिलेकाही मलाई सोखिन जीवनले बढो आकर्षित गर्छ । तर, काठमाडौको सवारी जाम र प्रदुषणको कारणले निजी इन्धन साधन प्रति वितृष्णा भएको हो । काठमाडौमा यो समस्या अचाक्ली नै छ । अहिले पनि धुवाँ र धुलोका कारणले रुघाले थलिएको छु म । काठमाडौबासीलाई यहाँको प्रदुषणले निक्कै नै हानी पुर्‍याएको हुनुपर्छ । यसको डाटा को सँग छ मलाई थाहा छैन ।
तर, समस्या थाहा हुँदाहुँदै बाटामा दिशा गरे जस्तो, घरबाट निस्किएका फोहर नजिकैको खोलामा फाले जस्तो, अफिसमा काम गर्ने समयमा लुसुक्क व्यक्तिगत काममा भागे जस्तो, सार्वजनिक यातायात भित्र चुरोट पिए जस्तो वा बाटोमा महिलाहरुलाई जिस्क्याए जस्तै बराबरको आत्मग्लानी लिएर मैले आफ्नै दृढ संकल्पलाई तोडेँ । मोटरसाइकल किने ।
यसका लागि मेरा आफ्नै तर्क छन् । काठमाडौमा सार्वजनिक साधनको समस्या अर्को ठूलो प्रदुषण हो । साथीभाइले भने ‘हेर्, सार्वजनिक गाडी भन्दा मोटर साइकलमा धेरै चाँडो हुन्छ । जहाँ पनि चाँडै पुगिन्छ । गाडीका बीचबाट छिराउन पनि हुने । पेटीबाट गुडाउन पनि हुने । राती अबेर घर फर्कंदा पनि समस्या नहुने ।’ अब अर्को बद्मासी गरिने भइयो । यस्तो लाग्यो, मोटर साइकल चढेपछि ट्राफिकका सबै नियम उल्लंघन गरिने भइयो । देखा जाएगा । सहकारी संस्थाबाट लोन लिएर भट्भटे किनियो । उता बैंकमा रिणको व्याज बढ्दो छ, यता राजधानीमा प्रदुषण छुट्दो छ ।
देखा जाएगा । माथिका कुरा त बल गरेरै मिचियो । अर्को महान काम गरियो । घुस खुवाएर लाइसेन्स बनाइयो । सरकारी दस्तुर रहेछ जम्मा सात सय रुपैयाँ । त्यस बाहेक पनि एउटा ड्राइभिङ सेन्टरलाई १६ सय रुपैयाँ भेटी झैँ चढाइयो । बक्काइदा रसिद हातमा थमायो उसले सरकारी दस्तुर झैं गरेर । दिने मै हुा † उसको के दोष । सबैले तर्साए ‘अचेल त जताततै सिसि क्यामेरा राखेको हुन्छ, गाडेका भाटामा छिसिक्क छोयो कि लाइसेन्स चट ।’ आफूलाई आजै लाइसेन्स निकालेर भट्टभटेको धुँवाले वायु प्रदुषण प्रतियोगितामा भाग लिनु छ । त्यसैले फेरि अर्को पटक कथित चेतनशील र असल नागरिक बन्ने चाहनालाई तिलाञ्जलि दिँदै ‘नेङ्माङ ड्राइभिङ सेन्टर’ मार्फत झापाको विर्तामोड पुगियो ‘देखावटी लिखित परिक्षा’ दिन । परिक्षामा छिर्नु अघि ‘नेङ्माङ ड्राइभिङ सेन्टर’का गुरुले महानवाणी झै गरि भने–‘प्रश्न पत्रमा २० वटा प्रश्न हुन्छन् । दशवटामा टिक लगाउने १० वटा छुने हैन ।’ मानौ यसो नगरे ठूलै प्रलय हुन्छ । उनले ह्वीप जारि गरे । परिक्षामा बसियो । ट्राफिक प्रहरीले परिक्षा कोठा भित्र अनेकौ लिला गरे । परिक्षाका नियमहरु सुनाए । परिक्षा रद्द हुन सक्नेसम्मका डर देखाए । आफू भने परिक्षा उत्तिर्ण हुने कुरामा सय प्रतिशत ढुक्क, नेङ्गमाङ गुरुको जो निगाह ममा थियो । प्रश्न पत्र हातमा आयो । २० वटै प्रश्नको उत्तर मिलाइने रहेछ । तर, गुरुको निर्देशन जो थियो । १० वटा प्रश्नको उत्तर दिइयो । १० मिनेटमा परिक्षा खत्तम । दङ्ग पर्दै त्यतै ससुरालीमा बसियो । घर पर्‍यो मोरङमा । भोलीपल्ट ‘प्रयोगात्मक परिक्षा’ उर्फ ट्रायल दिन आउनु छ ।
आइयो । लाइनमा बसियो । अघिनै नेङ्वाङ गुरुको ह्वीप जारि थियो– ‘मोटरसाइकल नलडाउनु, खुट्टा नटेक्नु । दशैं अगाडि लाइसेन्स पक्का ।’ ए गाँठ्ठे, कत्तिले त ६ वटै भाटा लडाए । खुट्टा नटेक्ने हैन कि ‘ट्रायलमा खुट्टा टेक्नै पर्ने नियम छ’ जस्तो देखियो । त्यसो हुादा पनि सबै परिक्षार्थी दङ्ग देखिए । उनीहरुले पनि मैले झैँ भेटी चडाएर त आएका होलान् । फेरि छेउमा उभ्भिएका परिक्षा कर्ताहरुले ट्रायलतिर हेर्ने भए पो † परिक्षार्थी बोलाउँदै उनीहरु खातामा टिक मार्क लाउन व्यस्त थिए ।
आफ्नो पालो आयो । ३ वटा भाटा कटाइयो । ३ वटा लडाइयो । अरुको देखेर ठूलै काम गरे जस्तो भयो । तर केहीले त गज्जबले ६ वटै भाटा नलडाई कटाएको देखियो । त्यतिखेर चाहिं छातीमा चसक्क भयो । त्यो चसक्काइलाई पनि छोपछाप पारियो । तीन दिनपछि बक्काइदा २ पुस्ते नामथर अंकित लाइसेन्स हात लाग्यो । शंकर प्रसाद घिमिरेको छोरा युवराज घिमिरे, इन्द्रपुर गाविस वाड नं. ७ का नाममा दुई पांग्रे सवारी चालक अनुमति पत्र हात लाग्यो । एउटा भटभटेको मालिक हुन र यसलाई चलाउन यति धेरै तिकडम गरियो । अनि यो देश नै चलाउन बसेकाले कति तिकडम गर्दा हुन् ।
एकादेशमा एकजना राजाले भनेको सानैमा पढिएको थियो–‘घुस लिन्या र दिन्या दुवै देशका सत्रु हुन् ।’ निष्ठा बेगरको ज्ञानको के पो अर्थ । अपराध कबुल †  

Wednesday, June 11, 2014

लोन्लीनेसभित्र प्रेम–सङ्गीत

हो, त्यस्तै नै भयो । झन्डै अभिनेता ज्याक निकल्सनकै जस्तो यिनको जीवन पनि । यी दुवै प्रतिभालाई आफ्ना दिदीहरुले हुर्काए । ती दिदीहरु महान् हुन् जसले आमाको भूमिका निर्वाह गरेर ज्याक र द्धारिकाहरु बनाए । दिदीको काखमा द्धारिका निदाए र समीपमा खेलेर हुर्किए ।
‘म नहुँदा थाहा हुन्छ तिमीहरुलाई ।’ कहिलेकाही आमाका मुखबाट निस्किएको खवरादरी द्धारिका दाइको स्मृतिमा सुचना पाटीजस्तो तुन्दु्रङ्ग झुन्डिएको छ ।
सोधेँ–‘दाई आमासँगको सामिप्यको के कुरा याद छ ?’
भन्नुभयो–‘आमाले बोकेको जस्तो मात्रै थाहा छ ।’
‘के कुरा सम्झनुहन्छ, आमाको बारेमा ।’
‘पटुका । आमाको पटुकामा बसेको जस्तो लाग्छ ।’ आमा बुद्धिलक्ष्मी र बुबा रेशमलाल । त्यसपछि बुबा पनि ६, ७ महिनाको अन्तरालमा बित्नु भयो । द्धारिका दाइ सपाट अनुहारमा अचानक समयलाई हाम फालेर बोल्नु भयो–‘मेरा दुई दाजु, दुई दिदी । सबै बित्नु भो । अहिले म एक्लो ।’ एक्लो त्यसमानेमा मात्रै । हैन भने कथाकार जलेश्वरी श्रेष्ठसँगको करिव ५ दशक लामो दाम्पत्य जीवन परिपक्व भएर फक्रिएको छ । तीन छोरीका पिता । छोरीहरु निभा, नित्या र निष्ठा । लाग्छ ती खुशीका मुहान् हुन् । दुई छोरीको विवाह भयो । तर ती सबै उहाँकै वरिपरि खेलिरहेका छन् ।
त्यसो त उहाँका कविता र फूलजस्तै कोमल व्यक्तित्वले मोहिनीमयी फ्यानहरु घरीघरी मोबाइलमा भाइब्रेट हुन्छन् । त्यो भाइब्रेसनले उहाँको ७२ वर्षे जोवनमा नयाँ उमङ्ग ल्याउँछ र रोमाञ्चक तहमा उहाँ झस्कनु हुन्छ । हरे, प्रविधि † प्रेमको कुरो निस्किहाल्यो । अविनाश दाइ त्यहीँ हुनुहुन्छ । मलाई इसारा गर्नु भयो । ‘यो चाहिँ नछोड्नुस्’ । सन्दर्भ मिले बहकिउँला भाउजुलाई साक्षी राखेर तर अहिले कुरा लोन्लीनेसको । यति भएर पनि उहाँको जीवनमा ‘लोन्लीनेस’को ठूलो स्पेस छ ।

फूल फूलाउँछु आफू भरि
र कसैसित नसोधी झरेर सिद्धिन्छु

वाह † कस्तो चोटिलो कविता । अझ उहाकँो अर्को कविता ‘मेरो यात्रा अशोक–बाटिकामा’ पढेपछि त म विम्बहरुले झ्याम्म हानिन्छु । विल्कुलै अलग स्वादका भेट्छु म उहाँका कविता । लोर्काका कविताबाट शुरु भएको छ उहाँको एउटा कविता ।
ध्ययम अगततभच
ऋगत mथ कजबमयध ाचयm mभ
ाचभभ mभ ाचयm तजभ तयचmभलत
इा कभभष्लन mथकभाि
ध्ष्तजयगत ाचगष्त
नेपालमा यसरी कविता लेख्ने चलन उहाँबाटै शुरु भयो होला शायद । ‘थाहा छैन । तर मलाई सजिलो लाग्छ यसरी लेख्दा ।’ नयाँ स्वाद र प्रस्तुति । लोन्लीनेस ।
ससम्मान कवि/प्रेमी द्धारिका श्रेष्ठभित्र दङ्ग परेर विराजमान त्यो लोन्लीनेस के, कसरी, कहाँबाट आयो ? सुन्दै गएपछि थाहा लाग्छ यो लोन्लीनेस एक्लो छैन, रित्तो हैन, जसरी विज्ञानमा ‘शून्य’ भनेको केही नहुुनु होइन, जति पनि अटाउनु हो । सुन्दा दर्शनजस्तो लाग्ने तर बढो सहज छ ।
‘मलाई लोन्लीनेसले नै कवि बनायो ।’
कविता, प्रेमका र अन्तरङ्ग अनुभुतिका लागि निर्मित उहाँको लोन्लीसेस विशुद्ध ममताले बनेको छ । बोलाइ र हाँसोबाट थाहा लाग्छ कति कोमल हुनुहुन्छ उहाँ । ‘आमाबाको समीप्य र ममता छुटेपछि ममा यो ‘लोन्लीनेस’ शुरु भयो । अरु साथीहरु बाआमासँग कुरा गरेको देखेर कल्पना गर्थे, म कसरी कुरा गर्थेँ हुँला ? काकाका छोरा मथुरा दाइ (मथुरा स्रेष्ठ)लाई देख्दा पनि त्यस्तै लाग्थ्यो । उहाँ बाउछोरा कुरा गर्दा म कल्पनामा हराउँथे ।’
मेरो बाबु डडेर जाँदा
यहाँका दाउरा–पात सिध्याएनन्
पानी र माटो छुँदै छुएनन्
मेरो बाबुलाई थाहा थियो
यहाँका घरहरुमा मैले बस्नुपर्छ ...
दौड्दा–दौड्दै मलाई पाएकी मेरी आमाले
मलाई केही सिकाउन भ्याइनन् ।
कतिकति सम्म
आमाको ममता मैले हाँसेर बिर्सें
म जन्मेँ
शिशु वयमा घर छोडेर उहाँ काठमाडौ आउनु भयो कान्छा बासँग । तर जन्मथलोको प्रेमले सताइरह्यो । बन्दिपुरमा करिव ७२ वर्ष अघि जन्मिएका यी कविका साथी थिए माछापुच्छ्रे, धौलागिरी र अन्नुपुर्ण । ती सृङ्खलालाई उहाँ धुमधुम्ती हेर्नु हुन्थ्यो र तिनले पनि हेर्थे । मानौ तिनीहरु पनि बाआमाको मृत्यु सोकमा छन् । अचानक बन्दीपुरको गुरुङ्ग नाच र चुट्काले उहाँको ध्यान भङ्ग गर्थे । त्यही वातावरणले आफूलाई प्रकृतिप्रेमी बनाएको उहाँको ठहर छ । ‘मलाई हिमाल मन पर्छ । उचाइ र सृङ्खला मन पर्छ ।’ कवि द्धारिका श्रेष्ठ आफ्नो समयमा कविताको त्यही उचाईमा पुगे । सम्पन्नता र सफलता जीवनलाई उसरी नै चुम्यो । फेरि पनि एकान्त मन पराए । एक्लो महसुस गर्न मन पराए ।
‘म जस्तो मान्छे जसले लोन्लीसेस महसुस गर्छ, जे कुरामा पनि सरेन्डर गरिहाल्ने रहेछ । प्रेममा पनि मेरो त्यस्तै भयो ।’ ए, एकछिन है ।
‘दाई ती कुरा पनि आए हुन्थ्यो नि ।’ अविनाश दाइ फूल जस्तै भएर बोल्नु भयो । साच्चै अचम्मै लाग्यो मलाई । प्रेमका कुरामा द्धारिका दाइ सुकोमल बालक झैँ नरम र सफा देखिनु भयो । यी बुढाप्रति मेरो पो प्रेम बढ्यो । अत्यन्तै मिजासिला । अति समिपमा बसेर कुरा गर्ने । मेरो पहिलो अन्तरंग हो उहाँसँग । म निकै पुलकित भएर लेख्दैछु । तर, यो साँचो हो । उहाँ द्धारिका नै हो । पहिलो दिनको भेट हामी द्धारिका दाइको चितवन जंगल लज, काठमाडौ कार्यालय नागपोखरीमा छौँ । गरिमाका सम्पादक अविनाश दाइ र म तोकिएको समयभन्दा १० मिनेट ढिलो पुग्छौँ । द्धारिका दाइलाई मैले केही पटक नाटक हेर्न निम्तो गरेको हुँ । थोरै पटक उहाँ आउनु भयो लुसुक्कै । लुसुक्कै जानु भयो । मैले उहाँलाई यसरी नै चिने । चर्चामा आउन नचाहने, सार्वजनिक कार्यक्रमहरुमा धेरै नदेखिने । उहाँको कविताको प्रशंशक मैले जति ठाउँमा उहाँको बारेमा सुने राम्रै मात्र सुने । त्यसबाहेक ममा उहाँको इमेज चितवन जंगल लजका मालिक र गम्भिरतका प्रतिकका रुपमा मात्रै थियो । द्धारिका दाइको अर्को सिङ्गो पाटो यसरी खुल्यो । भिडकाबिचमा एकान्तप्रेमी यी कोमल कवि/प्रेमी ।
‘कविता सम्वेदनशील छ र म पनि । त्यसैले मेरो र कविताको कुरा मिल्यो । कवितामा आवरण राखेर अमूर्त रुपमा मनका कुरा बोल्न सक्छु ।’ उहाँलाई लाग्छ धेरै कुरा सिधै भन्दा बिग्रन्छन् । सामाजिक जीवन खल्बलिन्छ त्यसैले त कविता चाहियो । उहाँलाई लागेका सिधै भन्न नपाएका जीवनका गुह्य कुरा कवितामा भेटिन्छन् ।
‘दाइ, कविताहरुका कुरा पनि ?’–ठट्टा गरेँ ।
‘त्यो पनि छन् । मेरो संग्रह भित्र र नयाँ कवितामा पनि ।’ द्धारिका दाइ थप्नुहुन्छ–‘विम्ब र मिथकलाई लिएर अभिव्यक्त गर्न मन लाग्छ । कुरा त त्यहीँ हुन्छ । पाठकको लागि हिन्ट पनि छोडेको छु ।’
मैले माथि स्मृतिको कुरा गरेको थिएँ नि । फेरि यहाँ फर्कियो । बन्दीपुरलाई सम्झँदा एउटा गजबको बास्ना नाकसम्म आउँछ उहाँको । उहाँका बा–काकाहरु लुगाको व्यापर गुर्नु हुन्थ्यो । मैले सोधेँ–‘नयाँ लुगाको केही किस्सा सम्झनुहुन्छ ?’ भन्नु भयो–‘नयाँ कपडाको एक तमासको गन्ध अझै सम्झन्छु ।’ सुख, दु:खका स्मृतिहरु जोडिएर कवि द्धारिका श्रेष्ठका कविताहरु इमेजमय छन् । केही अमूर्त छन् । उहाँकी जेठी छोरीको पनि धारणा यही छ । ‘बाका कविता एब्स्ट्याक छन् । मन पर्छ, पढ्छु ।’
बीसको दशकका सशक्त कवि द्धारिका दाइका अमलेख कविताले नेपाली साहित्यमा एउटा मानक स्थापना गर्‍यो । कृष्णभक्त श्रेष्ठ, मोहान कोइराला, रत्न समसेर थापा, भूपि सेरचन, भुवन कोइराला (ढुङ्गाना), पुरुषोत्तम बस्नेत जस्ता सशक्त हस्ताक्षरहरु मिलेर पञ्चायतका विरुद्ध रचनात्मक धावा बोले । गोरखा पत्र संस्थान र एकेडेमी जस्ता संस्थाको विरुद्धमा लागे । र, स्वतन्त्र कलमको अस्तित्वका खातिर लडे । सिउँडी पत्रिका निकाले । छाप्ने पैसा द्धारिका दाइको जिम्मामा । उहाँ भन्नु हुन्छ–‘हामीले ठूलो काम गऱ्यौ भन्न खोजेको हैन तर समाजमा भएको क्रान्तिबाट लेखकहरु कसरी प्रभावित भए भन्ने उदाहरण हो यो ।’ मैले अर्को दिन सोधेँ–‘अनि लेखकले समाज परिवर्तन गर्छ भन्ने लाग्छ तपाईलाई ?’ लेखनमा राजनीति आउनु पर्छ भन्ने बारेमा उहाँको धारणा पनि एकै मुस्ट लिन खोजेँ । ‘गर्छ नि । गोर्कीको मदरले संसार हल्लायो । अन्य धेरै पुस्तकले समाजलाई परिवर्तन गर्न मद्दत गरेका छन् । एउटा राम्रो लेख, कविता वा उपन्यासले समाजलाई प्रस्तुत गर्छ ।’ उहाँ भन्नुहुन्छ–‘तर, मेरो स्वभाव त्यो होइन । उहाँहरुलाई म आदर गर्छु र आफूचाहिँ विशुद्ध कलाका लागि लेख्छु ।’ आर्ट फर आर्ट सेक ।
‘लेखनमा कसरी आउनु भयो त दाइ ?’ मैले फेरि स्मृति तिर फर्काएँ । धेरै कुरा खोतलिए । काठमाडौ आएपछि जुद्धोदय पब्लिक हाइस्कुलमा ४ कक्षामा भर्ना हुनु भयो उहाँ । ‘मथुरा दाइका साथी लेखक कमलराज रेग्मी तथा ज्ञानहरी गुरुबाट प्रेरणा पाएँ ।’ त्यसपछि साहित्यिक किताबहरु पढ्ने बानी बस्यो । त्यतिखेर रत्न पुस्तक भण्डार मात्रै थियो । ‘अलिअलि फुटवल खेल्थेँ । नत्र अरु कुरामा रुची थिएन । स्कुल सकेपछि झन् साहित्यिक किताबतिरै ध्यान गयो ।’ उहाँले सुरुका दिनमा प्रेमचन्दका उपन्यास धेरै पढ्नु भयो रे । राहुल सांकृत्यायन, एसपाल, अज्ञेय, नागार्जुन, निर्मल वर्मा, मायादेवी बर्मा, धर्मवीर भारती । लोर्का, शात्र्र, कामु उहाँको सुचिमा थपिए । अंग्रेजी साहित्यको विद्यार्थी भएपछि त पाठ्यक्रमले नै उहाँलाई पश्चिमको साहित्य पढायो । उहाँले सन् १९६१ मा अंग्रेजी साहित्यमा एमए गर्नु भयो । त्रिचन्द क्याम्पसमै भेट भए मोहनहिमांशु थापा र कृष्णभक्त श्रेष्ठ । त्यहाँ अनेक साहित्यिक कार्यक्रम र कवि गोष्ठीहरु हुन्थे । एकपटक हरिवंशराय वच्चन आएको उहाँ सम्झनु हुन्छ । ‘उनले आफ्नो चर्चित काव्य मधुशाला बाचन गरे ।’ द्धारिका दाइले भन्नु भयो–‘त्यसैबाट प्रभाववित भएर मैले ‘सितको थोपा’ कविता लेखेको थिएँ ।’ उहाँले कथा पनि थुप्रै लेख्नु भएछ । तर प्रकाशित गर्नु भएन । ‘कविता नै मेरो माध्यम हो जस्तो लाग्यो ।’ पछि सबैभन्दा नजिक भए कृष्णभक्त, मोहन कोइराला र भूपि । कविहरुको बलियो झुण्ड नै बन्यो । र, नेपाली कवितामा एउटा मानक पनि ।
चिसो निक्कै छ । त्यसो भए द्धारिका दाइको मेरी ‘चिसो सूर्या’ कविता पढौँ ? द्धारिका दाइले भन्नु भयो–‘लौ जौँ क्याफेतिर । प्रेमका कुरा उतै गरौँला ।’ उहाँ मज्जाले मुस्कुराउनु भयो । चिसो कम महसुस भयो । क्याफेभित्र जो छौँ । ‘इमागो डेई’ । अमेरिकन युवतीले चलाएको नागपोखरी स्थित यो क्याफे अचेल खुब चल्छ रे । युवतीले चलाएको क्याफेमै किन ? द्धारिका दाइको जीवनमा युवती संयोग हो । उहाँलाई मन पर्ने अर्को रेष्टुरेन्ट नक्साल छेऊको ‘ओञ्जला’ हो । यो पनि युवती कै नाम हो । त्यसो त उहाँको ब्राण्ड पनि ‘डिम्पल’ ह्वीस्की । स्कटिस । भन्नु भयो–‘हैन म एकान्त कुनाको ‘बकेनावारी’ पनि खुब जान्थेँ ।’ लोन्लीनेस । ए, एकान्त मन पर्ने भएर । हामी हाँस्यौँ । ‘हो नि, यहाँ पनि सुरुमा धेरै मानिस आउँदैन थिए । र, म आएँ । अहिले सबै आउन थाले ।’ त्यसै भएर त भनेको सून्य भनेको केही नहुनु हैन सबै अटाउनु हो । द्धारिका दाइ त्यस्तै हो । ‘उहाँको जीवनमा को को अटाए ?’ मोवाइल फेरि बज्छ । सायद भाउजुको फोन । उहाँको कलिलो मुस्कान । बढो निर्दोष रुपमा भन्नुहुन्छ–‘आदर्श विरोधी हुँ म । आदर्श पुरुष रामचन्द्र भन्छन् तर त्यो विचार नै पाखण्डीपन हो ।’ उहाँको विचारमा मान्छे सजग हुनु पर्छ, लेखनमा पनि व्यवहारमा पनि ।
विरोधाभास उहाँको जीवनको अर्को पाटो हो । कविमन र व्यवसायी जीवन । यी मनकारी कवि द्धारिका दाइ भने आफू बाटो विराएर यस क्षेत्रमा आएको ठान्नु हुन्छ । ‘मेरो चाहना शिक्षक बन्ने थियो । अनि टन्न लेख्ने पनि । पैसा कमाउने हुँदै हैन ।’ म सोच्छु–‘धन्न यी कविले बाटो बिराएछन् नत्र नेपाली साहित्यले अहिले उनबाट ‘खाइपाइ’ आइहरको कुरो गुम्ने थियो कि † ए साँची मैले सुनेको अर्को पनि कुरा, कोही पनि लेखक, कवि वा आयोजक उहाँसम्म पुग्दा खाली हात फर्कदैनन् रे † त्यसैले त मनकारी कवि द्धारिका श्रेष्ठ ।
‘अनि के सोचेर लेखकहरुलाई चितवन जंगल लजमा डाक्न थाल्नु भयो ?’ उहाँले समग्रतामा उत्तर दिनु भयो– ‘मैले केही पनि काम नामका लागि गरिन । राम्रो काम गरेपछि नाम त त्यसै आइहाल्ला । त्यसबाट हुने अनेक सकारात्मक प्रभाव होलान ।’ २०४३ साल देखि सुरुभएको ‘चितवन जंगल लज’ कार्यक्रम हालसम्म निरन्तर छ । हरेक वर्ष २० देखि २५ थान कवि/लेखक/कलाकारहरुलाई त्यहा लगिन्छ । रचना पाठ र अनुभवहरु साटासाट हुन्छन् । हात्ती सवार गराइन्छ । दुई रातको जंगलबास पछि फिर्ता पठाइन्छ । सबै भरणबृत्ति यिनै मनकारी द्धारिका दाइका खातामा । स्मरण रहोस्, उता ‘इमागो डेइ’मा पनि विल बढ्दो छ । म्येनु खुल्ला छ । अविनाश दाइलाई ‘चिज’ नामै गनाउने रहेछ ।

रोमाञ्चित हुँदै उहाँले पहिलो कार्यक्रम सम्झनु भयो । सहभागीहरु डा. ईश्वर बराल, केशवराज पिंडाली, जनकलाल शर्मा, मदनमणि दीक्षित, कृष्णचन्द्र सिंह प्रधान, नगेन्द्रराज शर्मा, तुलसी दिवस, दयाराम श्रेष्ठ, नगेन्द्रराज शर्मा, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, डा. रामदयाल राकेश, कुन्दन शर्मा, अविनाश श्रेष्ठ आदि । उक्त भेलामा सबैले राणाकालीन समाज, राजनीति र साहित्यका विविध प्रकारका पात्रहरुलाई सुनाएका थिए । ‘अन्त्यन्तै रोचक थियो त्यो भेला तर त्यतिखेर स्वरको अभिलेख राख्ने कसैलाई होस् आएन ।’ उहाँ थकथकाउनु भयो–‘महत्वपूर्ण कुरा गुम्यो ।’ दुई दिन दुई रात लेखकहरु एक आपसमा घुलमिल भएर बस्नु एक अर्कालाई नजिकबाट चिन्ने राम्रो अवसर हो । ‘दाई यसरी बस्दा कसैमाथिको भ्रम भत्किएको केही अनुभव छ ?’–मैले सोधेँ । ‘मानिसको स्वभावै हो नि । साँझ रमाइलो गर्दा, पिउँदा उहाँहरुको व्यक्तित्व झन खुलेर आउँछ । मेरै पनि हुन्छ ।’ दाइ खुल्नु भयो–‘ईश्वर बराल उहाँको लेखनले वा स्वभावले घमण्डी जस्तो लाग्थ्यो मलाई । तर समिपमा बसेपछि थाहा भयो, उहाँ त साह्रै मिजासिलो हुनु हुँदो रहेछ ।’ त्यसपछि सयौ लेखक त्यहाँ पुगे । पिएपछि कतिका बोली र स्वभावमा उभार आए । कसैकसैका ठूलै झगडा भए । ती सबै क्षणहरुलाई यी भद्र कविले उत्तिकै रोमाञ्चक बनाएर साँचेका छन् । कवि सिद्धिचरण श्रेष्ठ र गायक नारायण गोपाललाई भने उक्त अभियानमा लान नपाएकोमा पनि उहाँ थकथकाउनु भयो । ‘सरकारले अब जंगलभित्रका लज बन्द गर्दैछ । त्यसैले यसपटक अन्तिम हुनेछ कार्यक्रम ।’ लेखकहरुका निम्ति तपाईको लगाव किन यतिधेरै ? ‘ईच्छा हो हामी दुवैको अर्थात मेरो र जलेश्वरीको । अझै लेखकका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ ।’ गफगर्दा गर्दै पुसको साँझ अघिनै वितेछ । रात पो परेछ । चिसो छ । अर्कोदिन भेट्ने बाचाका साथ हामी विदावारी भयौँ । अविनाश दाइ मलाई खवरदारी गर्दै हुनुहुन्थ्यो–विस्तारी विस्तारी मोटरसाइकल ।
अर्को दिन फोटोको लागि पनि र छुटेका प्रश्नहरु सम्झदै लुना र म उही दिउँसो तीन बजे पुग्यौँ । द्धारिका दाइसँग तीनको के संयोग छ थाहा छैन । खाली ३ बजे बोलाउने । उहाका ३ वटी छोरी छन् । अनि अरु नि † दाइ, भाउजु र भाइब्रेसन । जनवरी १, २०१२ । पहिलो दिन उहा, अविनाश दाइ र म थियौँ । दोस्रो दिन उहाँ, लुना र म । ‘इमागो डेई’ जिन्दावाद् । भोलीपल्ट जयदेव भट्टराईको साहित्यकार परिचय कोष हेरेपछि थक्कथक्क भएँ । लौ, जन्मदिनको दिन भेटेर पनि शुभकामना दिन पाइएन । उहाँका तीनवटै छोरीहरुसँग भेट भयो । कान्छी चाहिँ फोटो खिच्न लजाइन् । अरु दुई संग दाइलाई राखेर तस्विर खिचियो । ‘विलेटेड ह्वाप्पी वर्थ डे दाइ’ । ‘अर्को साल डिम्पल ह्वीस्की पिँउदै शुभकामना दिन पाइयोस् :) ।’
सार्बजनिक कार्यक्रमहरुमा त्यति ननिस्कने तर अत्यन्त्य अपडेटेड । पुराना पहिल्यै पढेको । समकालीन सबै पढेको । युवा पुस्ता पनि छुटाउनु भएको छैन उहाँले । ‘कस्तो लाग्छ त नयाँको लेखन् ?’
चिन्ता छ–‘राम्रो छ तर आफ्नो पहिचानको लेखन छैन । छुट्टै, अलग्गै ।’ बुद्धि सागरको बिम्को प्रयोग र ठाकुर बेलबासको प्रस्तुति बेग्लै लाग्छ रे उहाँलाई, फरक पहिचान भएका । कुन्दन शर्मा, विमला तुम्खेवा, मणि लोहनी, गीता कार्की पनि राम्रा कवि लाग्छन् उहाँलाई । अनि आफ्ना समकालीनमा नि ? ‘उही फर्सीको जरा उर्फ मोहन कोइराला अनि घुम्नेमेचमाथि अन्धो मान्छे अर्थात भूपि ।’ सम्झिएर भन्नु भयो–‘रिमालको आमाको सपना र विजय मल्लको छोरीलाई मानचित्र पढाउँदा कविता खुब मन पर्छ ।’
क्यामेरामा फ्ल्यास लाइट चल्न थाल्यो । थाहा लाग्यो, फेरि अर्को साँझ–साँझ अघिनै कटेछ । पुस फासफुस–फासफुस । गफ गर्दागर्दै अघिनै अँध्यारो–अँध्यारो भएछ । उहाँ फेरि भाबुक–भाबुक हुनुहुन्छ ।  दिन यसै चिप्लिरहेको हुन्छ । नदीको पानी–पानी जस्तै लाग्छ समय । फेरि गीता सार झैँ भन्नुहुन्छ–‘जीवनमा राम्रो काम गर्ने कोसिस गर्ने हो आशा चाहिं गर्नु हुन्न ।’ प्याराडक्स । अहो, यी सहज र कोमल कविसँग गफ धेरै गर्नु छ । ‘जीवन के हो जस्तो लाग्छ दाइ ?’ अति क्लिसे प्रश्नको भव्य उत्तरको आशामा सोधेँ । ‘विसंगत छ जीवन । डिफाइन गर्न गाह्रो । विसंगति नै विसंगतिले भरिएको । नसोचेका कुराहरु घटित हुन्छन् ।’ दृढ भएर भन्नु भयो–‘त्यसैले जीवनलाई निर्देशित गर्ने हो ।’ लामो बस्ने मन थियो । अध्यारोको अस्तित्वलाई स्विकार्दै हामी आ–आफ्नो गन्तव्यतिर निर्देशित भयौँ ।

आइरहेछ बसन्त
आऊ, हामी माया गरौँ
आफू–आफूबाट
आफूले आफैलाई छोपिएको अँध्यारामा
आँखाको गर्भ वेदना
एउटा उत्खनन
एउटा कथा....।

Tuesday, May 6, 2014

यस्तै भयो

माउसुली, मेटाफिजिक्सजस्ता कथा ‘समकालीन साहित्य’मा पढेपछि मलाई कुमार नगरकोटीको लेखनले आकर्षित गरेको हो । त्यो भन्दा बढी उहाँसँग घनिष्टताको कुनै बहाना थिएन । उहाँसँग त्यस्तरी भेटिएन पनि । नोबेल एकेडेमीको एउटा साहित्यिक कार्यक्रममा कवि मित्र राजकुमार बानियाँले अचानक हामीबीच परिचय गराउँदा खुुसी भएँ । फेरि फेरि भेट्ने सङ्केतसहित हामी छुट्टियौँ । राजकुमार बानियाँ कविबाट भूतपूर्व कवि भइसक्दासम्म मिस्टर नगरकोटीसँग भेट हुुने मेसो मिलेन । चिनजानको एक दशक लामो समयमा केहीपटक उहाँसँग फोनमा कुरा भयो होला । र, फेरि भेट्ने सङ्केतहरू छाडियो तर भेट भएन । एक वर्षअघि एउटा कार्यक्रममा जम्काभेट हुँदा उहाँले व्यङ्ग्यवाण छाड्नुभयो, ‘यो देश दौडाहा कति हो ? काठमाडाँैबाहिर मात्रै नाटक गर्ने ? हामीलाई चाहिँ नदेखाउने ?’
डेनमार्कबाट फर्किएपछि मैले काठमाडौँमा केही नाटक मञ्चन त गरेँ तर नगरकोटीलाई देखाउने मौका मिलेनछ ।
त्यस्तै भयो । भूतपूर्व कवि मित्र राजकुमार बानियाँ बलिया समीक्षकमा स्थापित भए । उता नगरकोटीका कथा छाप्ने अविनाश दाइ अर्कै पत्रिकाका सम्पादक भएर धेरैका नयाँ रचना पहिलो पटक छाप्ने मेसोमा आउनुभयो । नाटकमाथि नै विद्यावारिधिसम्म पुग्नुभयो । कुमार नगरकोटी आफैँ पनि फिभर नगरकोटीदेखि फोसिल नगरकोटीसम्म रूपान्तरित भइसकेको स्थिति थियो । यता शिल्पीचाहिँ नाटकघर निर्माणका लागि ठूलै सङ्घर्षमा ओर्लियो । नाम जुराइयो, गोठाले नाटकघर । यस नाटकघरको उद्घाटनका लागि नाटक गर्नु थियो । कुन नाटक मञ्चन गर्ने भन्ने थियो तर पहिल्यै मञ्चन गरिएका नाटकभन्दा पनि नयाँ नाटक मञ्चन गर्ने इच्छा थियो । दिमागलाई एक चक्कर घुमाएपछि विचारको सुई नगरकोटीमा आएर रोकियो । ‘डिसिजन ह्वील’ खेलेजस्तो ।
भेट्ने चाहना हुँदाहँुदै पनि भेट्ने मेसो नमिलेको नगरकोटीसँगको गुपचुप सम्बन्ध अब नाटक लेखनबाट नजिक पुग्ने ठम्याएँ । ममा विश्वास थियो– नगरकोटीले मेरो अनुरोधलाई स्वीकार्नु हुनेछ । भयो त्यस्तै । फोन गरेँ । कफीगफ भयो । मैले अनुुरोध गरेँ र आफूले अपेक्षा गरेको नाटकको रूपरङ्ग सुुनाएँ । आफूले भने जसरी नैै लेखिनुपर्छ भन्ने पूर्वाग्रह ममा थिएन । स्थापित एक फिक्सन डिजाइनरलाई मैले त्यस्तो पूर्वाग्रह राख्नु नाटक लेखिने सम्भावना कम गर्नु थियो । फेरि मलाई उहाँको लेख्ने शैली मन परेरै आग्रह गरेको थिएँ । ‘अन्तिम निर्णय तपाईंको । केवल मलाई एउटा नाटक चाहियो । फरक । चलिरहेको शैलीभन्दा भिन्न । खासमा तपाईंको आफ्नो शैलीको ।’
यसपटक म नाटकको शैलीमा बढी जोड दिइरहेको थिएँ । के लेखेको भन्दा पनि कसरी लेखिएको र के देखाउने भन्दा पनि कसरी देखाउने भन्नेमा । संसारका कुनै पनि विषय वा अविषय दर्शकका लागि चासोको विषय बन्न सक्छ, यदि लेख्ने वा मञ्चन गर्ने तरिका कलात्मक÷सम्प्रेषणीय भयो भने भन्ने मलाई लाग्छ ।
निकै पटक ठाउँ परिवर्तन गर्दै कफीगफमा हामी बस्यौँ । केही टुक्राटुुक्री उहाँबाट सुन्दै थिएँ । अचानक एक दिन वानेश्वरको एउटा कफीपसलमा समीक्षक उर्फ पत्रकार बानियाँजीलाई साक्षी राखेर नाटक–संवाद गर्दैगर्दा नगरकोटीले भन्नुभयो, ‘यसपटकलाई ‘मोक्षान्तः काठमान्डु फिभर’को एउटा कथालाई नाटक बनाए कसो होला ? अर्को पटकलाई चाहिँ नाटक लेख्छु ।’ म झसङ्ग भएँ । लगभग धेरै साथीभाइलाई थाहा भइसकेको थियो, ‘शिल्पीको नयाँ नाटक कुमार नगरकोटीकृत ।’ बम्पम्पमपम । लौ फसाद ! मैले सम्हालिँदै नम्र निवेदन गरँे— तपार्इंले सुुनाएका नाटकका टुक्राटुक्रीहरू मलाई मन परे । यसपटकलाई त मलाई नयाँं नाटक नै चाहिन्छ । कथाको कुरा पछि गरौँला ।
स्कुल पढाउने नगरकोटीको स्कुल जान बन्दभो ! उहाँ अचानक कलात्मक अक्षरले भरिएको नाटकको पाण्डुलिपिसहित शिल्पी परिसरमा हाजिर हुनुुभयो । हामी शिल्पीहरू खुुसीले दङ्ग प¥यौँ । ‘अभिमञ्च’ मा उही पारम्परिक शैलीमा हामी शिल्पीहरूले गोलो घेरामा बसेर ‘कोमा’को पाण्डुलिपि पाठ ग¥यौँ । नाटक पढ्दा नै आनन्द आयो । मैले खोजेको जस्तै फरक । क्रेजी ।
मलाई पछिल्लो पटक लागेको, केही शोधकर्ता साथीहरू आउँदा र कहीँ कतै नाटकको छलफल हँुदा, नाटकको पाठका आधारमा गरिने व्याख्या एकाङ्की, पूर्णाङ्की वा एकल अभिनय वा यस्तै कुराहरूले उद्वेलित बनाइरहन्थ्यो । अरे बाबा, ती सूत्रहरूले नाटक वा रङ्गमञ्चलाई निर्धारण गर्ने त हैन नि । नाटकलाई म एकाङ्की वा पूर्णाङ्कीको भ्रमबाट मुक्त गर्न चाहन्थेँ । भनौँ न, एकछिनलाई भ्रममा पार्न चाहन्थेँ । ‘कोमा’मा मैले त्यो पाएँ । आदरणीय व्याख्याताहरू, भनिदिनूस्— यो एकाङ्की वा पूर्णाङ्की नाटक हो ः डी । अथवा यो कस्तो खाले नाटक हो ? कि अनाटक हो ः पी ।
मञ्चनको चुनौती मञ्चमै थियो । भव्य सेट र तामझाम अनि पारसी रङ्गमञ्चबाट मुक्त भएर कसरी नाटक मञ्चन गर्न सक्छु होला त भन्ने डर पनि थियो । तर, मुख्य कुरा म आफूलाई सहजता महसुस हुनुप¥यो । मैले अरूको चिन्ता गरिनँ । नगरकोटीको कथा भन्ने शैली नाटकमा पनि नयाँ ढङ्गले आएकाले कलाकारहरू त्यसमा नाटकको अभ्याससँगै समाहित हुन्छन् भन्ने मलाई विश्वास थियो । उहाँको पाठलाई दृश्यमा रूपान्तरण गर्ने सन्दर्भमा चरित्रको नयाँ भङ्गीमा निर्माणमा मेरो विशेष चासो रह्यो । भेषभूषा निर्माणमा ‘...देलार्ते’ का चरित्रहरूबाट केही प्रभाव छाडिएको हो तर चरित्रहरूले प्रयोग गर्ने सामग्रीहरूमा कलाकारहरू आफैँले यथार्थलाई भत्काएर आफ्नो कल्पनाशीलताले अतिरञ्जित गरेका हुन् । मञ्च पनि त्यसरी नै निर्माण भएको हो ।
यो नाटक निर्माणको निकै सहज र सिर्जनशील पक्ष भनेको मञ्चनमा नाटककारको प्रत्यक्ष संलग्नता हो । नगरकोटीले लेखेका हरेक शब्द मञ्चनका लागि अर्थपूर्ण रहे । मैले धेरै टेक्स्ट हटाउन चाहिनँ । त्यो आवश्यक नै महसुस भएन । थप्नुपर्ने ठाउँमा उहाँ निकै सहज भइदिनुभयो । म भन्थेँ— कुमार सर, यहाँ नयाँ पाठ चाहियो । उहाँ भन्नुहुन्थ्यो, ‘कस्तो ?’ मैले मेरो डिमान्डलाई उद्धृत गर्दै अन्तिममा भन्ने गर्थें— तर अन्तिम निर्णय तपाईंको । नो बाउन्ड्री प्लिज । यसरी नै एउटा नयाँ गीत र केही नयाँ पाठ उहाँले पछि थपिदिनुभयो । उहाँको यो सरलताले हामीलाई प्रस्तुति तयार गर्न निकै सहज बनायो ।
नाटक मञ्चनमा लेखकको यो हदसम्मको सहजताले नेपाली नाटक लेखन र मञ्चनमा स्वाभाविकता सिर्जना गर्छ भन्ने मलाई लाग्छ । नाटककारले आफ्नो टेक्स्टलाई मञ्चनको पक्षबाट कति परिमार्जन गर्न चाहन्छ र निर्देशकमाथि विश्वास गर्छ ? यस्तो सहकार्यले नयाँ नाटक लेखन र मञ्चनमा सहजता ल्याउँछ भन्ने लाग्छ मलाई । फूलमान बलले ‘म्हेन्दोमाया’ लेख्दा होस् या कुमार नगरकोटीले ‘कोमा’ लेख्दा मलाई यसरी काम गर्ने प्रक्रियाले लोभ्यायो । यी दुवै नाटककारसँग यसरी नै कम्तीमा अरू एक–एकवटा नाटकमा काम गर्ने इच्छा छ । अन्य केही लेखकहरूसँग पनि यही आग्रह छ ।
अन्त्यमा, नाटकको पाठमा विश्वास छ । कलाकारहरूले आआफ्नो पक्षबाट निकै मिहिनेत गरेका छन् । एक महिनासम्म नियमित मञ्चित यो नाटक फेरि पनि हामी मञ्चन गर्ने छौँ । निर्देशकका रूपमा अपुग उच्चतम शिल्पका लागि क्षमा चाहन्छु । यही नाटकलाई फेरि मञ्चन गर्दा केही सुधार आउला भन्ने आशा छ । अन्य नाटकमा पनि प्रयास जारी रहनेछ ।
देशमा संविधान चाँडै लेखियोस् । धन्यवाद !

(भूमिकाबाट)

Tuesday, September 17, 2013

गोले झान्क्री

ढ्याङ ढ्याङ ढ्याङ
ढ्याङ ढ्याङ ढ्याङ
हन मन हन मन हन मन
आज अचानक आफ्नै मन्त्रले काम गरेन
मेरो यो झान्क्री ढ्याङ्ग्रोले किन
कुनै प्रेतलाई भागाएन ?
ढ्याङ ढ्याङ ढ्याङ...
मसानघाटमा बसेर
चिहानको हड्डी खनेर
तन्त्र साधनाले कम्पित म
हन मन हन मन हन मन
सारा शक्तिलाई लठ्याएर
एकै ठाउमा डल्लो पार्थें
झम्टिदै आउने अजङ्गको बाघलाई
भुमरीमा पारेर घुमाउथें

आकाश, पाताल, बायु, अग्नि भाकेर
भुतहरुलाई रगत छदाउथें
ढ्याङ ढ्याङ ढ्याङ...

तर आज किन आफ्नै मात्रले आँफैलाई लागेन ?
ढ्याङ ढ्याङ ढ्याङ...
ढ्याङ्ग्रो ठोक्दा ठोक्दै भनन्न भो
र मैले डिस्को नाचें
मन्त्र जिब्रो मै लरबरायो र चार्बाक भाकेँ ।
लौ मलाई के भयो मैले आफ्नै माटो छोडें ।
के मैले धेरै सस्कार गर्नु अघी सगुन धेरै पिएँ ?
पिए पनि सगुनै सम्झेर र त पिएँ
बोनका नाम मा पिएं, ईश्वरको नाममा पिएँ
मेरो आफ्नै ढ्याङ्ग्रोको नाममा पिएँ ।
उफ !! आज निक्कै लागेछ मलाई
मेरो झाक्री मन्त्रले काम गरेन
ढ्याङ्रो सुरमा बजेन
र मलाई आफ्नै शक्तिले बच्चाएन
लौ मलाई अचानक के भयो ?
हरे, म गोले झाक्री भएं
मेरै ढ्याङ्ग्रो ठोक्दै मनिसहरु मेरै वरिपरि नाच्दै थिए
र म अचानक गोले झान्क्री मरें । 

Wednesday, July 17, 2013

हराएको विरालो


सुसन घरपालुवा जनावरलाई धेरै माया गर्छ । विरालो उसको सबैभन्दा पन पर्ने घरपालुवा जनावर हो । उनी भन्छन्–‘विरालो मेरो मिल्ने साथी हो । विरालोसँग खेल्न रमाइलो हुन्छ ।’
पुरानो साथी माउ विरालोले उनलाई केही नभनी १ वर्षअघि घर छोडेपछि उनी धेरै दुःखी भए । माऊ विरालोले धेरै वच्चा पायो । तर, सबैलाई राख्न नसकिने । उनको बाबा उज्वलले पनि एउटा विरालो मात्रै पाल्न सकिन्छ भनेपछि उनले सबै विरालालाई उत्तिकै माया गरेनन् । त्यसैले नयाँ बच्चाहरुले घर छोड्दै हिंडे । तर, माउ विरालो उनको मिल्ने साथी बन्यो । गाउँघरमा भनाइ छ, १२ वर्षको भएपछि विरालो जंगल पस्छ । अचानक विरालो हरायो । सुसन भन्छन्– ‘बुढो भइसकेको थियो, कतै गएर मर्यो होला ।’
एकदिन विहान सुसन कोठामा बसेर होमवर्क गरिरहेका थिए । बाहिर बरण्डामा म्याउम्याउ आवाज आयो । विरालो कराएको सुनेर उनी एक पटक झस्किए । बुढो विरालो नै फर्केर आएछ भन्ने उनलाई लाग्यो । हैन रहेछ । नयाँ विरालो पो रहेछ । दुःखी सुसनको अनुहारमा अचानक खुशी छायो । विरालो दुब्लो पातलो थियो । खान नपाएर आएको जस्तो देखिन्थ्यो । सुसनले कुँडेमा राखेको दुध खान दिए । एकैछिनमा विरालो उनको खुट्टामा लुटुपुटु गर्न थाल्यो । स्कुल जाने बेलामा आफुसँगै भात खुवाए । उनलाई त्यसदिन स्कुल जाने मन भएन । विरालोलाई सँगै लिएर जान नमिल्ने । छोडेर जाँदा भाग्ला भन्ने डर । तर, विरालो कै कारणले स्कुल जान्न भन्न पनि उनलाई असजिलो लाग्यो । उनकी मम्मी गीताले भन्नुभयो । धेरै विरालोसँग टाँस्सिएर नबस् छिटो स्कुल जा ।
अल्छी गर्दै सुसन स्कुल गए तर उनलाई पढाईमा मनै थिएन । पहिलो कक्षा अंग्रेजीको थियो । सरले अंग्रजीको ‘ओ’ लेख्दा उनलाई विरालाका आँखा जस्ता लाग्थे । ‘क्यु’ लेख्दा त्यही विरालोको पुच्छर । दोस्रो कक्षा नेपालीको थियो जतिखेर उनले आफ्नो कापीमा ठुलो विरालो बनाए । छैटौ कक्षासम्ममा उनको कापीमा माऊ विरालोका ३ वटा बच्चा पनि जन्मिसकेका थिए । त्यसदिन अन्तिम कक्षा भएन । सुसनलाई अरु के चाहियो ? उनी कुद्धै घर आए । ओरिपरि हेरे । उनले विरालो देखेनन् । मम्मीलाई सोधे । भन्नुभयो–‘खै कहाँ मर्यो तेरो साँढे ।’ त्यसरी माया गरेर खान दिँदा पनि नबसेकोमा उनलाई विरालोले झुक्याए जस्तो लाग्यो । स्कुल जाँदा त्यसलाई डोकोले छोपेर गएको भए पनि हुन्थ्यो जस्तो लाग्यो । ‘तर छोपेको विरालो धेरै कराउने थियो र मम्मीले उघारी दिनु हुन्थ्यो ।’
अचम्म भयो । सुसन टिभी हेरेर बसेका थिए । फेरि साँझ उनले म्याउम्याउ आवाज सुने । बरण्डामा उनले विरालो देखे । अब उनलाई पक्का भयो विरालो उनकै घरमा बस्ने भयो । उनले विरालोलाई धेरै मायाले राखे । आफुले खाने कुरा उसलाई पनि बाँढेर खुवाए । यो पनि छोरी विरालो रहेछ । केही महिनामा त विरालोले ३ वटा बच्चा पायो । सुसनलाई अचम्म लाग्यो । उसले कापीमा बनाएको ३ वटा बच्चा त साँच्चैको भयो । सुसनलाई विरालाका साना बच्चा असाध्यै मन पर्ने । हरेक दिन स्कुल जानु अघि उनी बच्चा खेलाउँथे । साँझ आउँदा त विरालोले अर्कै ठाउँमा बच्चा सारिसकेको हुने । सुसनलाई हरेक दिन बच्चा नहेरी नहुने । विरालोले सुरक्षाको लागि ठाउँ सारी रहने । विरालो घरभरीमा गोप्यगोप्य ठाउँ खोजीखोजी बच्चा साथ्र्यो । सुसनलाई कहिलेकाहीँ बच्चा खोज्न सास्ती हुन्थ्यो । यो खेल चलिरहेको थियो । सुसन र उनका बुबा आमाले पनि सुत्केरी विरालोलाई राम्रै खान्की दिइरहेका थिए । एकदिन सुसनको घरमा साँझ भातको साटो रोटी खाने कुरा भएछ । सबैले दुध रोटी खाए । सुसनले विरालोलाई पनि दुध रोटी दिए । भोली पल्ट विरालो घरमा देखिएन । सबैमा खैलाबैला भयो । सुसन दुःखी भए । संका के गरियो भने ३ वटा बच्चालाई दुध खुवाउने विरालो दुध रोटी खाएर सन्तुष्ट भएन । अघाएन । खाना खोज्न कतै गयो । कसैले विष हालिदियो वा त्यस्तै दुर्घटनामा पर्यो । आखिर विरालो फर्केर आएन । सुसनलाई विरालो हराएको चिन्ता एकातिर थियो भने अर्कोतिर ३ वटा बच्चालाई कसरी बचाउने भन्ने । उसले दुधदानी किनेर ल्यायो र गाईको दुध खुवाउन खोज्यो । तर, भर्खर एक हप्ताका ती बच्चा (छाउराछाउरी)ले दुधदानीबाट दुध खान सकेनन् । तिन्लाई मिल्ने दुधदानी पाइएन । सुसन चिन्ताले रुँदै बच्चाका मुख ‘आँ’ गराएर दुध खुवाउँथे । उनका बाबाले पनि उनलाई सघाए । जतिगरे पनि सुसनले ३ वटै वच्चालाई बचाउन सकेनन् । सुसनका बाबा उज्वलका अनुसार सुसन धेरै रोए । २ दिनसम्म खासै खाना खान मानेनन् । कसैकसैले सुसनलाई विरालाको ‘काजक्रिया’ गरे भनेर जिस्क्याए । सुसन झन् धेरै रोए ।
अहिले सुसन सरस्वती ईङलिस स्कुल बेलेपुर, मोरङमा कक्षा ९मा अध्ययन गर्दैछन् । आफ्नो घरमा विरालो नभए पनि काहीँ देखेभने उनी बोकी हाल्छन् । कसैले विरालोलाई खेदाएको कुटेको देखे भने रिसाउँछन् । अहिले उनलाई लाग्छ त्यसदिन विरालोलाई रोटीको साटो भात दिएको भए त्यसरी हराउँदैन थियो कि ।

Tuesday, July 2, 2013

सांस्कृतिक चेतना र नेपालको राजनीति


संकटमा परेको पंक्षी गिद्धको संरक्षणमा सिराहाका एकजना शिक्षक लागि परेका रहेछन् । गिद्धको बासस्थान र आहारा संकटमा छ । त्यसका लागि उनले एउटा उपाय निकालेछन् । मरेका गाईगोरु बटुलेर गिद्धलाई खुवाउने । अभियानमा केही राजनीतिक कार्यकर्ताले रोक लगाए । ती कार्यकर्ताहरुको राष्ट्रियतासँग जोडिएको तर्क बढो ‘बलियो’ थियो । अमेरिकाको राष्ट्रिय पक्षि गिद्ध हो । नेपालको राष्ट्रिय जनावर गाई अमेरिकाको राष्ट्रिय पंक्षी गिद्धलाई खुवाउने ? यो राष्ट्रघाती काम हो । यो खबर सुनेर म स्तब्ध भएँ । हामी युवाहरुको राजनीतिक चेतना कहाँ छ ? राजनीतिक प्रशिक्षण चलाउने हाम्रा नेताहरु आफ्ना कार्यकर्ताहरुलाई के सिकाउँछन् ? यस्ता धेरै राजनीतिक अन्धविश्वास र अज्ञानता जोडिएर हामी यो बेथिति भोग्दैछौँ । रंगकर्म गर्ने म उकुसमुकुस भएर यो लेख लेख्दैछु । गिद्ध, अमेरिका, गाई र राष्टियताको आइरोनी नेपाली राजनीतिक चेतनाको मुटु हो भन्ने मलाई लाग्छ । धेरै हप्तादेखि यो आइरोनी सजिलो र अफ्ठ्यारो अर्थमा म गम्दो छु । एक त तिनलाई अमेरिकाको राष्ट्रिय पंक्षीमा भ्रम छ । तिनले राष्ट्रियतालाई जसरी यो घटनासँग जोडे तिनको बुझाई तहलाई मैले विश्लेषण गर्न नसकेर यहीँ छोडेँ ।

केही दिनअघि बैद्य माओवादीले मजदुरहरुको पक्षमा गरेको भनिएको कथित आन्दोलनका क्रममा एउटा आपत्तिजनक नारा फुके–“आन्दोलन जारी राख्छौं । चाहे देशका सबै कलकारखाना बन्द गर्नु परोस् ।” मिडियाले यसलाई मच्चिएर फुके मानौ यो सुन्दर राजनीतिक मन्त्र हो । तर यो समाचारले म अत्यन्तै दुखी भएँ । मलाई लाग्यो, एउटा सामान्य अबुझ नागरिकले पनि भन्न नहुने कुरा उनीहरुले गरे । माओवादी युद्धमा विध्वंस भएका संरचनाहरु जत्तिकै आपत्तिजनक स्थिति हो यो देशका लागि । हाम्रा पार्टीहरुले गरेको ठुलाखाले राजनीतिक गल्तीहरुमा कहिल्यै कसैले विचार र पुर्नमूल्याङ्कन गर्यो ? मलाई संका छ । सायद त्यसैले हामी पटकपटक असफल भयौं । देशमा चल्तापुर्जा रहेको राजनीतिक पार्टीले देशका विषयमा कसरी सोच्छ र उसको राजनीतिक चेतना कहाँ छ ? त्यो बुझ्ने बलियो आधार हो । भनेपछि, एउटा राजनीतिक अहमका लागि उनीहरु पुरै देशलाई ठप्प पार्न सक्छन् । सबैलाई सखाप पार्न सक्छन् । अदालती कानुनले यसलाई कसरी परिभाषित गर्छ ? के यो अपराध हैन ?

मैले केही दिनअघि यसै पत्रिकामा एकजना मानिएका नेता प्रदीप ज्ञवालीको धार्मीक तथा सामाजिक अन्धविश्वासबाट निम्तिएका केही क्रुर र अमानवीय घटनाहरु माथिको चिन्ता–लेख पढें । केही समयदेखि म शिल्पीमार्फत निरन्तर महिलाहिंसा र अन्यखाले सामाजिक अन्धविश्वासको विरुद्धमा नाटक तयार पारेर देश व्यापी मञ्चनमा हिंडेको र ती घटनाहरुको नजिक बसेर दर्शकहरुसँग बहस गरिरहेको हुनाले उहाँले लेखेका कुराहरु अझै धेरै मेरो चाखको विषय बने ।

प्रदीप दाइ हामीले मानेका नेता हुनु हुन्छ । उहाँले उठाएका बँुदाहरु निक्कै महत्वपुर्ण लागे । तर मेरो ठुलो चिन्ता के हो भने, आफ्नो पक्षमा समाचार नलेखिएकोमा एउटा पत्रकारलाई ज्यानमार्ने हिसाबले कुटपिट गर्ने (खिलनाथ पर्शुराम घटना)राजनीतिक कार्यकर्ता बोक्सी भनेर कुनै महिलालाई जलाउने पुरुषभन्दा कति फरक छ ? तिनका नेता प्रदीप दाइले बोक्सीका आरोपमा मारिएका वा कुटिएका महिलाहरुको पक्षमा लेख्नु र सांस्कृतिक चेतनामाथि प्रश्न उठाउनु मेरो लागि हास्यास्पद हो । मैले त्यतिखेर आफैसँग धेरै प्रश्न गरे, कुनचाहिं बढि अन्धविश्वास हो ? यतिखेर तिनै पर्शुरामलाई अपराधको कठघराबाट मुक्त गराउन उहाँका कार्यकर्ता चन्दा उठाउँदैछन् रे । राजनीतिक पार्टी र तिनका नेताहरुले आफुसँगै कुम्लोमा बोकेर नसकिने अन्धविश्वासले थिचिएर अरुको अन्धविश्वासको आलोचना के अर्थ छ ? तिनै राजनीतिक अन्धविश्वासको संरक्षणमा धेरै अपराधहरु समाजमा घटिरहेका छन् । हुनत आफ्नै घर भित्रको अन्धविश्वास स्वीकार गर्न लाज हुँदो हो । तर, लगभग देशका सबै मार्ग गुडी सक्दा लाग्यो, राजमार्गहरुमा सडक कर उठाउन किन बढेमाका पाखुरा भएका युवाहरु बस्छन् ? गाडीका ड्राइभर र सहयोगीलाई थर्काउँदै ‘चरी’लाई चिनेको छस् भन्छन् । कसले पालेका हुन तिनलाई ? अहिले अधिकांश मेनपावर कम्पनीहरुमा पार्टीका कार्यकर्ताहरुको संरक्षण छ । गुण्डा पाल्ने राजनीतिक दल बढी अन्धविश्वासी कि ती बोक्सी र धामीझांक्री मान्ने गाउँलेहरु ? देशभरी घुमेर र धेरै युवाहरुसँग भेटेर म आफैसँग प्रश्न गर्ने गर्छु, अनेक राजनीतिक आस्थामा हिंडेका हामी युवाहरुको राजनीतिक सोचमा कसरी आमुल परिवर्तन ल्याउन सकिन्छ ? सबैभन्दा डरलाग्दो कुरा एउटाले अर्कोको अस्तित्व स्विकार्दैन । आज नेपाली राजनीतिले सिकाएको ठुलो संस्कार यही हो । अब हामी कुन संस्कारको कुरा गर्दैछौं ?

सांस्कृतिक र सामाजिक रुपमान्तरणका लागि राजनीतिक चेतको महान् प्रभाव रहन्छ । उसैगरी राजनीतिक संस्कारका लागि सांस्कृतिक चेतको उत्तिकै आवश्यकता छ । अतएव मेरो निरिह आत्मा नेपालका राजनीतिक पार्टी, तिनका नेता र कार्यकर्ताहरुका राजनीतिक चेतनालाई बुझेर सनैसनै एक्लै विक्षिप्त हाँसो हाँस्छ । मलाई लाग्छ नेपालका नेताहरु ठुलो राजनीतिक अन्धविश्वास र अज्ञानतामा काम गर्छन् । यसको कारण छ, तिनीहरु राम्रा किताब पढ्दैनन् । राम्रा गीत सुन्दैनन् । राम्रा नाटक र चलचित्र हेर्दैनन् । ग्यालरी वा पुस्तक पसल जाँदैनन् । स्वस्थ खाना खाँदैनन् । व्यायाम गर्दैनन् । यी सबै तत्वको अभावमा तिनका राजनीतिक र साँस्कृतिक अन्धविश्वास विद्यमान् छ । त्यसैले फिनिक्स चराको मिथ चिनबाट आएको हो भन्ने लाग्छ नेपालका कम्युनिष्ट नेताहरुलाई । जबकी यो ग्रिक मिथ हो । राजनीतिमा कस्तो हँुदो रहेछ भने एउटा नेताले बोकेको अन्धविश्वास सारा कार्यकर्तामा सम्प्रेषण हुने । कला र साहित्यमा अन्धविश्वास त्यसरी अडिदैन, बरु भत्किदै जान्छ ।

लगभग एक वर्षअघि नाटकयात्राको क्रममा दाङ पुगेको बेलामा अचानक बन्द भेटियो । सर्बोच्च अदातलले कंग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर्याएपछि विरोधमा नेविसंघका कार्यकर्ता सडकमा ओर्लिएका रहेछन् । हामी लज्जित भएर रोकियौं । उनीहरुसँग कुरा गर्ने मन पनि भएन । तिनको राजनीतिक अज्ञानतालाई कसरी चिर्ने ? खुमबहादुर गिरफ्तार हँुदै गर्दा टिभीलाई भन्दै थिए, सर्बोच्च अदालतका दुई विद्धान्हरुले मेरो विषयमा गलत निर्णय गर्नु भयो । गतल निर्णय गर्नेहरुलाई उनले किन विद्धान् भन्नु ? विद्धान् मानिनैसकेपछि निर्णयको पनि पालना गर्नु । एउटा नेताले आफु सरकारमा बस्ता एउटा नियम बनाउँछ र उसैले बाहिर निस्किएपछि भत्काउँछ । ऊ आफैलाई भ्रम छ, उसको राजनीतिक विचार र आास्था के हो ?

हो धार्मीक र संस्कारगत अन्धविश्वासले हामीकहां वर्षौदेखि अन्याय र अत्याचार हावी छ । तर त्यसको सबैभन्दा ठुलो संरक्षण राजनीतिले गरेको छ । अशिक्षित राजनीतिक कार्यकर्ता र नेताहरुको कुरा छोडौं तर तिनै जान्ने कहलिएका र आधुनिक विचार बोल्छौं लेख्छौँ भन्ने नेताहरु प्रति मेरो दुखेसो हो । समाजमा समस्या छ, त्यसको बृत्तान्तको के कुरा भो । (बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा गरिवको घरको खाना खाइदिए जस्तो । अचेल भट्टराई उसरी नै नेपालीका दुख बुझ्न गरिवका घरमा जान्छन् कि जान्नन् । उफ् † यो राजनीतिक अन्धविश्वास ।) त्यसको विरुद्धमा हामीले कतिकाम गर्यौं यतिखेर त्यो महत्वपुर्ण हो । कामै नगरी हामी दार्शनिक रोधन गर्छौ भने त्यसको नकारात्मक प्रभाव मात्रै पर्छ । जसरी भट्टराईले गरिवको हैसियत बुझ्न खोज्दा आलोचना भोगे ।

एउटा पार्टीले आफ्ना कार्यकर्ताहरुको राजनीतिक वा सांस्कृतिक प्रशिक्षण कसरी गर्छ भन्ने कुरा गहन छ । त्यसले पनि निर्धारण गर्छ त्यस समाजको सामाजिक अन्धविश्वास । ती प्रशिक्षणहरुमा पक्कै अनगिन्ति त्रुटिहरु भएका छन् । उसले जनजाती, क्षेत्रीबाहुन, दलित, हिन्दु, बौद्धमागी, मुस्लिम आदिलाई हेर्ने दृष्टिकोण संकिर्ण छ । संघीयताको नाममा गरिएको स्कुलिङ गलत छ । फेरि पनि नेपाली राजनीतिले आफ्ना कार्यकर्ताहरुलाई अरुको अस्तित्व नस्विकार्ने खालको स्कुलिङ किन दिइरहेछ ?

रह्यो, सांस्कृतिक चेतनाको कुरा । सरकारी स्कुलहरुमा पढाइ स्थिति विजोग छ । भौतिक पुर्वाधारहरु छैनन् । सौचालयहरु छैनन् । डेक्स ब्रेन्च छैनन् । आधुनिक विचार भएका शिक्षक छैनन् । गगन थापाहरु वर्षौंदेखि स्कुलमा गएर राजनीतिक भाषण गर्छन् र अचानक ‘हामीलाई प्रवेश निशेध अनिवार्य छ’ भनेर चर्चा बटुल्छन् । यतिखेर मलाई लाग्छ, विद्यालयमा म गुरु घिमिरे, मदन संग्रौला, विनोद ढकाल  वा हर्कमान तामाङका वाहियात भाषण सुनेर हुर्कियौं । आज पनि यो क्रम निरन्तर छ ।

मौसमी चर्चा राजनीति र चलचित्रका मिल्दाजुल्दा पक्ष हुन तर सामाजिक र सांस्कृतिक रुपमान्तरणका लागि निरन्तरनिरन्तर अभियान महत्वपुर्ण कुरा हो । परिवर्तन सानासाना कणहरु जोडिएर हुने हो । रुवावासी गरेर केही नहुने रहेछ । यस्ता अन्धविश्वासलाई चिर्न लेखक कलाकारहरुले महत्वपुर्ण भुमिका खेल्छन् भन्ने त तपाईहरुलाई महसुस भएको हुनु पर्छ । खासगरी एमाले र माओवादीलाई । तपाईहरुले त बेलाबखत आन्दोलनमा कलालाई प्रयोग गर्नु भएकै हो । कंग्रेस र अन्य पार्टी त यसमा सुन्य छन् भन्ने मलाई लाग्छ । बुझिएका भनिएका पार्टी वा नेताहरुले पनि सरकारी सांस्कृतिक निकायलाई किन बलियो बनाउन सक्नु भएन । किन राजनीतिक नियुक्तिहरुमा तपाईहरुले काम नलाग्ने मानिसहरुलाई थपनाको रुपमा राख्नु भयो ? प्रदीप दाइ संस्कृतिमन्त्री हुँदा लक्ष्मण रायमाझी जस्ता व्यक्ति सांस्कृतिक संस्थानको महाप्रवन्धक बनाइए । अहिले पनि कुनै अर्का रायमाझी छन् । किन र कसरी यस्ता असक्षम र अदक्ष व्यक्तिहरु त्यहाँ पुर्याइन्छन् ? यो त एउटा उदाहरण हो । स्थिति सबै ठाउँमा यस्तै छ, जहाँ राजनीतिक नियुक्ति छ । अहिलेका संस्कृति मन्त्रीको भाषण सुन्ने कुनै बुझेको मान्छे त्यही रुन थाल्छ । राजनीतिमा आन्दोलनले फड्को मारेझै त्यसभित्रको चेतनाले पनि फड्को मार्न सके सामाजिक र सांस्कृतिक कुसंस्कारहरुमा राजनीतिक संरक्षण हँदैन थियो होला । यसले समाज रुपमान्तरणमा सहज बातावरण सिर्जना गर्ने थियो ।

धेरै नेताहरुले पछिल्लो पटक लेखेका महान् लेखहरु प्रति मेरो खेद छ । आफ्नो काममा असफल भएकाहरु वा बदमासी गरेर दण्ड भोग्नु पर्नेहरु पनि महान् लेखद्धारा आचमन गर्दैछन् । अहिले देशलाई साँच्चै काम चाहिएको छ । ती महान् विचारहरु व्यवहारमा टिक्छन् कि टिक्दैनन् त राजनीतिक लेख लेख्ने सबै नेताहरुले आाआफ्ना क्षेत्रमा अजमाएर हेरे कति जाति हुन्थ्यो ? म व्यक्तिगत रुपमा असफल नेताहरुका महान् लेख र समीक्षाहरुबाट आजित भैसकेको छु । अरु पाठकहरुलाई कस्तो लाग्छ कुन्नी ?

Friday, May 24, 2013

दहितान ढेंकी

दहितान घरको ढिकीको मूल भाग सखुवाले बनेको छ । चुक्का खैयरले बनेको छ । घुर्रा ‘सिसुवा’ले बनेको छ । बेलासा गाउँको यही ढिकीले भन्छ, त्यस गाउँको कथा । बेलासा गाउँका सबै महिला दहितान घरको ढिकी कुट्न आउँछन् र आफ्नो दुःख ढिकीसँग कहन्छन् । दहितान घरमुली धनीरामले छोरा पूmलारामको विहे १४ वर्षको उमेरमै गरिदिए । बुहारी दुःखिनीको उमेर १२ वर्षको थियो । १६ वर्षको उमेरसम्ममा दुःखिनीले दुई छोरी एक छोरा पाइन् । दुःखिनीको १३ वर्से कान्छी छोरी चमेली बड्काको छोरा चुलवाको नाति चिन्टुसँग ‘फिलिम’मा जस्तै भागेर गई । त्यही डरले पूmलरामले अर्की छोरी चम्पीको विहे बालाखैमा गरिदिने भयो । सफा मनकी ‘अस्तुनी’ माछा मार्न सिपालु छिन् । उनको माछा मार्ने जाल पनि राम्रो छ । रिखिलाल र कलावतीको माछा मार्ने जाल फाटेको छ । धेरै माछा मार्न सक्तैनन् । त्यसैले अस्तुनीलाई सबैले बोक्सी ठान्छन् । आज दहितान ढिकीमा जांगर छैन । किनकि चम्पी आफ्नै विहेको पिढो आफ्ै कुट्दैछे । दहितान ढिंकीलाई यस्तो लाग्दैछ ऊ पिठो हैन चम्पीको भविश्य कुट््दैछ । उसकी आमा दुःखीनी वा वहिनी चमेली जस्तै नाबालक चम्पा पनि अब केही दिनमा कुनै अपरिचित नाबालक केटोको श्रीमती हुनेछे । कुनै ठूलो थारु परिवारकी दुलही हुनेछे । सायद नाबालकमै गर्भवती पनि हुनेछे । उसले सानै उमेरमा संसारका महानतम दुःखहरुको अनुभव गर्न पाउनेछे । अब उसको जीवन कहाँसम्म पुग्नेछ हामी भन्न सक्दैनौं ।