Wednesday, November 12, 2014

बुध्द

मान्छे गाई बेचेर दुध किन्छ
जग्गा बेचेर अन्न किन्छ
घर बेचेर डेरामा बस्छ
वा जाडोमा आफ्नै लुगा बालेर अागो ताप्छ
र भन्छ दु:ख पाएँ !
आफु हिंड्ने बाटोमा दिसा बस्छ
र नाक थुन्दै हिद्छ
अरुलाई अपमान गर्छ र आफु सम्मानित नभएकोमा रुन्छ  
हे महासय ! धन्न तिमी छौ र यो संसारको अस्तित्व छ
नत्र यो संसारमा अज्ञानता र दु:ख थिएन भने
राम्रा किताब, फिल्म वा गीत हुने थिएनन शायद !
बुध्द तिमी पनि हुने थिएनौ !!

No comments:

Post a Comment